काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बरु आफू मन्त्री पद त्याग्न तयार रहेको तर पशुपातिको नाममा कसैलाई लुटन् नदिने बताएका छन् ।

गीतकार संघको १४औँ स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री किरातीले आफु सेटिङमा चल्न नमान्दा र भ्रष्टाचार गर्न अस्वीकार गरेकै कारण जग्गा प्रकरणमा अनावश्यक रुपमा मुछ्न खोजिएको बताए ।
‘पशुपतिनाथ तिमिलाई राम्रो देख्न चाहने कोहि छैन यो समाजमा । तिमिलाई अहिलेसम्म पापीहरुले लुच्छाचुँडी गिद्धेले सिनो लुछे जस्तै लुछेको छ’, मन्त्री किरातीले भने, ‘तिम्रो पक्षमा लड्छु आजदेखि घोषणा भयो । म सबै कुरा त्याग्छु । मन्त्री केही पनि होईन । बरु हलो जोत्छु गएर तर तिम्रो पक्षमा लड्छ् । जति दिन टिक्छु । तपाईको घुस मलाई चाहिँदैन ।’
कागेश्वरी मनोहरा नगरपालिमा पर्ने साबिक गोठाटारमा रहेको जग्गा प्रकरणमा आफुलाई अनावश्यक आरोप लगाएको उनले बताए ।
सो क्षेत्रमा रहेको जग्गाका मध्ये ५०४ रोपनीको हालसावी गरि तारवार गर्ने र ३१ रोपनी खोज्नका लागि नापी र मालपोतको सदस्य रहने गरि सात सदस्य समिति गठन गर्ने निर्णय भएकोमा ३१ रोपनी जग्गालाई बैद्यता दियो भनेर प्रचार गर्न केहि मान्छेहरु नियोजित रुपमा लागेको उनले जिकिर गरे । केहि मान्छेहरु घुस अस्वीकार गरेकै कारण आफुबिरुद्ध लागेको भन्दै मन्त्री किरातीले यस बिषयमा भ्रमित नहुन र जुनसुकै अदालतमा गएर बोल्न तयार रहेको स्पष्ट पारे ।
उनले मन्त्री भएको दिनदेखि एक जना ठूलै मान्छेले वायुसेवा निगमको प्रबन्ध निर्देशक फेर्न तीन करोड रुपैयाँको प्रस्ताव गरेको र त्यसलाई अस्वीकार गरेकै कारण आफुमाथि नियोजित प्रहार भएको बताए । एकदिन फोन गर्ने व्यक्तिलाई भेट्दा टोकनमनी एक करोड, नियुक्त गरेका सातदिनमा एक करोड र त्यसको एक महिनापछि एक करोड दिने प्रस्ताव गरेपछि आफुले अस्वीकार गरेको उनको भनाई छ । उनले आफुले घुस अस्वीकार गरेकै दिनदेखि प्रहार सुरु भएको बताए ।
उनले केहि दिन कुर्सीमा बसेर देश र जनताका लागि काम गर्ने इच्छा भएको भन्दै आफु मुखले नभई मुटुले बोल्ने मान्छे भएको उल्लेख गरे ।
‘यहाँ त लाखौं, करौडौँको घुस खाने मान्छे राष्ट्रवादी, खाएन भने अराष्ट्रवादी भइँदो रहेछ । मैले जनता हुँदा देखेको यो देश र मन्त्री हुँदा देखेको यो देश फरक-फरक छ । यहाँ त घुस खुवाउनु जान्नु पर्दैन रहेछ सिकाउनु आउँदो रहेछ,’ मन्त्री किरातीले भने, ‘अनि घुस खाएन भने उसको निन्द्रा हराम भएर त्यसको विरुद्धमा लाग्दो रहेछ । ठुला-ठुला घुसको अफर भएको दिन अध्यारो कोठामा मलाई लाग्यो कि- म साच्निै मन्त्री नै भको हो जस्तो लाग्यो । यो सारा विसंगतिलाई अब हामि मिलेर चिर्नुपर्छ ।’
भिडियो











