Logo
Logo

रिहा भएपछि रेशमकाे प्रतिक्रिया- टीकापुर घटना पुनः छानबिन हुनुपर्छ


2.1k
Shares

काठमाडौं । टीकापुर घटनामा जन्मकैदको सजाय तोकिएका रेशम चौधरी कारागारबाट रिहा भएका छन् । गणतन्त्र दिवसको अवसरमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलबाट आम माफी पाएपछि उनी आज बिहान कारागारबाट रिहा भएका हुन् ।

रिहा भएलगत्तै सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै रेशम चौधरीले टीकापुर घटनाको विस्तृत छानबिन हुनुपर्ने बताएका छन्। उनले टीकापुर घटनाको निष्पक्ष र न्यायोचित छानबिन हुनु पर्ने जनाएका छन् ।

उनलाई लिन नागरिक उन्मुक्ति पार्टी अध्यक्ष तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता चौधरी पुगेकी थिइन् । रञ्जिता उनकी पत्नी पनि हुन् । रिहा भएका रेशम चौधरीलाई सिधै घर लैजाने तयारी रहेकाे नागरिक उन्मुक्ति पार्टीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्