
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसदमा निर्वाचित बिन्दबासिनी कंसाकारले शपथ लिँदैछन् । उनले आज (सोमबार) दिउँसो ३ बजे सिंहदरबारस्थित कानुन समितिको हलमा सांसद पदको शपथ लिन लागेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको आदिवासी जनजाति कोटाबाट सांसद पदमा निर्वाचित कंसाकारलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ दिलाउन लागेका हुन् ।
व्यवसायी दुर्गा प्रसाईसँग २ करोड मागेको अडिओ सार्वजनिक भएपछि रास्वपाले तत्कालीन सांसद ढाकाकुमार श्रेष्ठलाई पदबाट हटाएको थियो । रास्वपाले उनको स्थानमा कंसाकारलाई नियुक्त गरेपनि सर्वाेच्च अदालतले ढाकाकमारलाई सांसदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न दिएकाे आदेशका कारण उनको शपथ रोकिएको थियो ।
उनले निर्वाचन आयोगबाट भने सांसदको प्रमाणपत्र लिइसकेका छन् ।











