Logo
Logo

कर्मचारी प्रोत्साहन र अतिरिक्त समय भत्ता खारेज



काठमाडौं । सरकारले कर्मचारीको प्रोत्साहन र अतिरिक्त समय काम गरेबापत दिइने भत्ता खारेज गर्ने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले स्रोतमा परेको चापलाई मध्यनजर गर्दै प्रोत्साहन र अतिरिक्त समय भत्ता खारेज गरिएको बताए । आगामी आर्थिक वर्षमा नयाँ सवारी साधन र फर्निचर खरिद नगरिने उनको भनाई छ ।

यस्तै, अत्यावश्यकबाहेक नयाँ भवन निर्माण नगरिने र आत्यावश्यक बाहेकका विदेश भ्रमणलाई पनि निरुत्साहित गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्