Logo
Logo

स्थानीय सरकारहरुलाई ८७ अर्ब ३५ करोड बजेट


1.1k
Shares

काठमाडौं । सरकारले प स्थानीय सरकारहरुलाई ८७ अर्ब ३५ करोड रकम विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले स्थानीय सरकारहरुलाई ८७ अर्ब ३५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताए ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा प्रदेशलाई रकम विनियोजन गरिएको अर्थमन्त्री महतले बताए ।

अर्थमन्त्री डा महतले प्रदेश र स्थानीय तह गरी जम्मा १ खर्ब, ४६ अर्ब २ करोड वित्तीय हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको बताए ।

त्यसैगरी, सशर्त अनुदानतर्फ प्रदेशलाई ३५ अर्ब ७२ करोड स्थानीय तहलाई १ खर्ब ९१ अर्ब, ८९ करोड विनियोजन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्