Logo
Logo

२५ हजार भूमिहीनलाई लालपूर्जा दिने सरकारको घोषणा


315
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २५ हजार भूमिहीनलाई लालपूर्जा दिने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सोमबार संघीय संसद्‌को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो जानकारी दिएका हुन् ।

अर्थमन्त्री महतले जग्गाहरु वितरणमा सरकारले आयोग निर्माण गरी काम गर्ने बताए । उनले भूमिहीनहरुलाई राज्यले सहयोग गर्दै यस्तो जमिन पहिचान गरेर दिने बताए ।

प्रतिक्रिया दिनुहोस्