Logo
Logo

पर्यटन मन्त्रालयको लागि ११ अर्ब ९६ करोड बजेट विनियोजन


315
Shares

काठमाडौँ । सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका लागि ११ अर्ब ९६ करोड बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सोमबार संघीय संसद्‌को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो जानकारी दिएका हुन् । पशुपतिनाथको गुरुयोजना अघि बढाइने र बुद्ध सर्किट बनाउने पनि उनले जानकारी दिए ।

यस्तै ऐतिहासिक र परात्वात्विक सम्पदाको संरक्षण गर्न बजेटको व्यवस्था गरिने अर्थमन्त्रीले बताए । यस्तै नुवाकोट दरबारलगायतका २५ वटा सांस्कृतिक सम्पदाको पुनर्निर्माण आगामी आर्थिक वर्षमा सम्पन्न गरिने अर्थमन्त्रीले बताए ।

यस्तै नयाँ पर्यटकीय गन्तव्य विकास र विस्तारकाक लागि २ अर्ब १३ करोड बजेट विनियोजन भएको छ ।

प्रतिक्रिया दिनुहोस्