काठमाडौं । सरकारले किरात सांस्कृति सर्किट निर्माण गर्ने भएको छ । सरकारले पर्यटन सम्भावना उच्च रहेको धार्मिक सांस्कृतिक ऐतिहासिक स्थलको विकास गर्ने भएको हो ।

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले खोटाङस्थित किरातहरुको उद्गमस्थल हलेशी तुवाचुङ र खुवालुङ लगायत स्थानहरु समेटेर किरात सांस्कृतिक सर्किटको निर्माण गरिने बताए ।











