काठमाडौं । सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता नबढाउने भएको छ ।
आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सोमबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो जानकारी दिएका हुन् ।

अर्थमन्त्री प्रकाशशरण महतले ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजारलाई नै निरन्तरता दिने जानकारी दिए । गत आर्थिक वर्ष २०८९/८० मा पनि अर्थमन्त्री जनार्दन शर्माले ज्येष्ठ नागरिकको भत्ता बढाएका थिएनन् ।
२०७८/७९ को बजेटमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक चार हजार भत्ता पुर्याएका थिए ।











