काठमाडौं । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ८ अर्ब ७१ करोड रुपैयाँ विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सोमबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो जानकारी दिएका हुन् । अर्थमन्त्री महतले सामाजिक सञ्जालमा आधारित माध्यमलाई औपचारिक दायरमा ल्याउने पनि बताएका छन् ।
दूरसञ्चार प्रविधि पूर्वाधारलाई सह–प्रयोग गर्ने, एक स्थानीय तह एक हुलाक कार्यालय स्थापना गर्ने भएको छ । सबै स्थानीय तहमा फोरजीको विस्तार गर्ने भएको छ ।











