
काठमाडौं । सरकारले प्रभावहिन अवस्थामा रहेको अतिरिक्त हुलाकहरुलाई खारेज गर्ने भएको छ ।
आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले हुलाक क्षेत्रमा विकास गर्ने योजना अनुरुप एक पालिकामा एक हुलाकको सेवालाई यथावत राख्दै अतिरिक्त हुलाक खारेज गरिने बताए ।
यसरी, अतिरिक्त हुलाक खारेज गर्ने क्रममा कार्यरत कर्मचारीलाई अनुदान रकम दिएर विदा गरिने मन्त्री महतले बताए ।











