Logo
Logo

जलेर खरानी हुन्छु तर भ्रष्टहरुसंग घुँडा टेक्दिन : मन्त्री किराती


441
Shares

काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बरु आफू जलेर खरानी हुन तयार रहेको तर भ्रष्टहरुसंग घुँडा नटेक्ने बताएका छन् ।

आइतबार ललित कला प्राज्ञ प्रतिष्ठानले आयोजना गरेको ललितकला प्रदशनिको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किरातीले भ्रष्टहरुसंगको लडाईको उद्घोष गरेको बताए ।

माफियाहरुले आफूले सम्हालेको मन्त्रालय आफू अनुकूल चलाउन पटक-पटक प्रस्ताव गरेको भन्दै त्यो प्रस्तावको अस्वीकार गर्दा आफूविरुद्ध भ्रमपूर्ण र तथ्यहिन प्रचारमा जुटेको उनको भनाई छ ।

‘म आगो हुँ बरु जलेर खरानी हुन तयार छु तर भ्रष्टहरु संग घुँडा टेक्दिन, पशुपतिनाथको अतिक्रमण र वायुसेवा निगम माथिको नाङगो लुछाचँडीको अब सहेर बस्ने छैन । अब लढाई सुरु भइसक्यो मलाई हारेर फर्कने छुट छैन । एक मुठ्ठी सास रहुन्जेल स्वाभिमान पूर्वक देश र जनताको सेवा गर्ने प्रण गरेको छू कुनै लोभमा फस्ने छैन’, मन्त्री किरातीले भने, ‘सबैभन्दा ठूलो मेरो नैतिक बल यही हो ।

केही दिन अगाडि पशुपति क्षेत्र विकास कोषको जग्गा हाल साविक गर्ने निर्णयबारे अतिरञ्जित प्रचार भएको भन्दै मन्त्री किरातीले त्यसको कटाक्ष गरेका हुन् ।

पूर्व मन्त्रीहरूका पालादेखि हुँदै आएको निर्णय कार्यान्वयन गर्ने क्रममा हराएको २९ रोपनी जग्गा खोज्न समिति बनाएको कुरालाई लुकाएर अतिरञ्जित प्रचारमा केही माफिया तल्लीन रहेको मन्त्री किरातीको भनाई छ ।

पूर्वमन्त्री रवीन्द्र अधिकारीको पालामा कायम भएको ५ सय ४ रोपनी जग्गा हाल साविक गर्न नापी कार्यलयले ताकेता गरेपछि त्यसलाई कार्यान्वयन गर्न खोज्दा आफ्नो स्वाभिमानप्रति प्रहार भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्