काठमाडौं । सरकारले संघीय संसद्को नयाँ भवनलाई १ अर्ब २२ करोड बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सोमबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो जानकारी दिएका हुन् ।
अर्थमन्त्री महतले संघीय संसद भवनको निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने पनि जानकारी दिए । त्यस्तै स्थानीय पालिकाकाहरुको भवन पनि लागत साझेदारीमा निर्माण गरिने उनले बताए ।
लागत साझेदारीमा स्थानीय तहको प्रशासकीय भवन निर्माण सम्पन्न गर्न ५८ करोड रुपैयाँ विनियोजन गरेको उनले बताए ।











