Logo
Logo

ब्युँतियो सांसद् विकास कोष, ८ अर्ब २५ करोड विनियोजन


441
Shares

काठमाडौं । सरकारले सांसद् विकास कोष ब्युँताएको छ ।

आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सोमबार संघीय संसद्‌को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो जानकारी दिएका हुन् ।

संघीय सांसदमार्फत् खर्च हुने उक्त कोषबाट जथाभावी खर्च भएको भन्दै यसअघि हटाइएको थियो । सांसदहरुको दबाबमा सरकारले पुनः उक्त कार्यक्रम ब्यूँताएको हो ।

जसका लागि प्रति निर्वाचन क्षेत्र ५ करोड छुट्याइएको छ । न्यूनतम १ करोड विनियोजन हुनेगरी कार्यक्रम छनोट गर्ने भनिएको छ।

जसका लागि ८ अर्ब २५ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री महतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्