Logo
Logo

ऊर्जा मन्त्रालयको लागि ८७ अर्ब ४५ करोड बजेट विनियोजन


189
Shares

काठमाडौं । सरकारले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको लागि ८७ अर्ब ४५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सोमबार संघीय संसद्‌को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो जानकारी दिएका हुन् ।

आगामी वर्ष शत प्रतिशत जनसंख्यामा बिजुली पुर्याउने बताइएको छ । आयितत उर्जा घटाउने लगायतका कार्यक्रम संचालन हुने भएको छ ।

रसुवागढी, मध्य भोटेकोशी लगायतका ९ सय मेगावाट विद्युत् थप गर्ने भएको छ। त्यस्तै तल्लो अरुण सेती लगायतको आयोजना निर्माण सुरु गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्