
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछ । दशरथ रंगशालामा दिउँसो ३ बजे शुरु हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
२२ खेलमा ३० अंक जोडेर पाँचौँ स्थानमा रहेको आर्मी आज आठौँ जीतको योजनामा हुनेछ । २२ खेलमा ३४ अंक जोडेर तेस्रो स्थानमा पुगेको जावलाखेल दशौँ जितको खोजीमा रहनेछ ।
त्यस्तै दशरथ रंगशालामै हुने दोस्रो खेलमा एपीएफ क्लब र चर्च ब्वाइज युनाइटेडले प्रतिस्पर्धा गर्नेछन् । उक्त खेल साँझ ६ बजे शुरु हुनेछ ।
दुई खेलमा २९ अंक जोडेर छैटौँ स्थानमा रहेको एपीएफ नवौँ जितको खोजीमा हुनेछ । २२ खेलमा ३८ अंक जोडेर शीर्ष स्थानमा रहेको चर्च ब्वाइज ११ औँ जीतको योजनामा छ ।











