Logo
Logo

व्यवसायीको प्रतिक्रिया- बजेट स्वागतयोग्य छ


1.4k
Shares

काडठमाडौं । नीजि व्यवसायीहरुले सरकारले ल्याएको बजेट कार्यन्वयनमा ध्यान दिनुपर्ने बताएका छन् । सोमबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बजेट भाषण राम्रो रहेको र कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए ।

उनले अहिले आएका बिषयहरुका बिषयमा थप अध्ययन गरेर प्रतिक्रिया दिने धारणा राखे । त्यस्तै नेपाल चेम्वर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले बितरणशिल जस्तो देखिएको र मुलुकको अर्थतन्त्र सुधारका लागि बजेट कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए ।

त्यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले आर्थिक क्षेत्रका लागि बजेट राम्रो आएको बताए । उनले बजेट कार्यान्वयन भए आर्थिक अवस्था सुधार हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्