Logo
Logo

‘अखण्ड भारत’ भित्तेचित्रले द्विपक्षीय सम्बन्ध खल्बल्याउँछ : बाबुराम


630
Shares

काठगमाडौं । नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भारतले नयाँ बनाएको संसद् भवनको ‘अखण्ड भारत’ भित्तेचित्तले कूटनीतिक विवाद सिर्जना गरेको बताएका छन् ।

नेपालका भूभाग कपिलवस्तु, लुम्बिनीलाई त्यस भित्तेचित्रमा भारतले आफ्नै भूभाग जसरी दर्शाउँदा द्विपक्षीय सम्बन्धमा दरार ल्याउने बताएका हुन् ।

तथा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले ट्विटमा भनेका छन्, ‘यसले भारतका निकटतम छिमेकीहरू बीचको द्विपक्षीय सम्बन्धलाई बिगार्छ। विश्वासको संकटलाई अझ बढाउने सम्भावना छ, भारतीय राजनीतिक नेतृत्वले यस भित्तेचित्रको अभिप्राय र सन्देशलाई बेलैमा बताउनु उपयुक्त हुन्छ ।’

भारतले केही दिनअघि मात्रै उक्त संसद् भवन उद्घाटन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्