काठमाडौं । प्रदेशको कोशिविरुद्ध आन्दोलनरत पहिचान पक्षधरले घोषणा गरेको प्रदेश बन्दको कार्यक्रम फिर्ता गरेको छ । आन्दोलनको क्रममा आइतबार पक्राउ परेका बाँकी पहिचानवादीलाई रिहा गरिने भएपछि घोषित कोसी प्रदेस बन्दको कार्यक्रम फिर्ता भएको हो ।

जिल्ला प्रशासन कार्यालय मोरङमा आज भएको छलफलमा बाँकी रहेका २६ जनालाई रिहा गर्ने सहमति भएको छ । आन्दोलनकारीले बुधबारबाट गर्ने भनेको आमहडताल पनि फिर्ता भएको छ । यसबारे प्रशासन र पहिचानवादीका नेताबीच सहमति भएको हो ।
यसअघि आन्दोलनको क्रममा पक्राउ परेका ८६ जनामध्ये ६० जना रिहा भएका थिए । प्रदेशको नाम कोशिको विरोधमा पहिचानवादीले आन्दोलन गरिरहेका छन् । आइतबार झडपका क्रममा सुरक्षाकर्मी र आन्दोलनकारी घाइते भएका थिए ।











