Logo
Logo

बेलायतको आवासिय भिसाको प्रलोभनमा भूपूगोर्खाका परिवारलाई ठगी



काठमाडौं । बेलायतको आवासिय भिसाको प्रलोभनमा ब्रिटिश लाहुरे र उनका परिवारलाई ठगी हुन थालेको छ । ठमेलस्थित श्रेष्ठ करिअर अडभाइजर नामक कम्पनीले यसरी ठगी गरेको हो ।

सो कम्पनीका सञ्चालिका समी काछी श्रेष्ठ हुन् । श्रेष्ठले भिसा मिलाइदिने भन्दै पैसा लिएर ठगी गरेको भन्दै विभिन्न निकायमा उजुरी परेका छन् ।

उनले भिपिएस(भिसा फेसिलिटी सर्भिस) प्रक्रिया छिटो गरिदिने भनेर समेत ठगी गरेको पीडितहरुको उजुुरी छ । जबकी भिपिएसमा कुनै सोर्सफोर्स चल्दैन । सो कम्पनीले यससम्बन्धि अनुमति समेत नलिएको स्रोत बताउँछ । भिसाका प्रक्रियाका लागि कम्पनीले सरकारका विभिन्न कागजपत्र कीर्ते बनाउने गरेको छ । स्थानीय तहका सिफारिसदेखि वैवाहिक प्रमाणपत्र, सम्बन्ध बिच्छेदका प्रमाणपत्र नक्कली बन्ने गरेका छन् ।

‘प्रहरीले कम्पनीमा छापा हानेर छानबिन गर्ने हो भने सबैं धन्दा प्रष्ट हुन्छ,’ एक पीडितले भने । उनले भुपू गोर्खा र परिवारको आवश्यक कागजातहरु समेत आफैं राखेर हरायो भन्ने र व्यक्तिगत इमेलको पासवोर्ड आफैं राखी सूचनाबाट बञ्चित गराउने र पैसा माग्ने गरेकी छिन् । यही धन्दाबाट उनले करोडौं सम्पत्ति आर्जन गरिसकेकी छिन् । तर, कर भने नतिरेको स्रोत बताउँछ ।

ठमेलस्थित भिपिएस कार्यालयकै छेउमा श्रेष्ठको कार्यालय छ । कम्पनीकी सञ्चालिका श्रेष्ठ विगतमा अर्काे कम्पनीमा सहयोगीको रुपमा काम गर्दथिन् । यो धन्दा सुरु गरेपनि उनले अस्वभाविक सम्पत्ति आर्जन गरेकी छिन् । श्रेष्ठविरुद्ध हालै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीमा उजुरी परेको छ । तर, छानबिनले तिव्रता पाएको छैन ।

प्रतिक्रिया दिनुहोस्