Logo
Logo

४० लाख ठगी गरेको आरोपमा कुमार पाख्रिन पक्राउ


2.3k
Shares

काठमाडौं । फ्रान्स पठाइदिन्छु भनी ४० लाख रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ परेका छन् । प्रहरीले दोलखाको बैतेश्वर नगरपालिका-३ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका-१३ बस्‍ने ५० वर्षीय सुरेश कुमार पाख्रिनलाई पक्राउ गरेको हो ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो ।

अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक मिलन केसीका अनुसार पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको छ ।

प्रहरीका अनुसार उनले फुर्पा शेर्पासहित ४ जनालाई वैदेशिक रोजगारीको लागि फ्रान्स पठाइदिने भन्‍दै प्रतिव्‍यक्ति १७ लाख गरी ४० लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन भएको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्