
काठमाडौं । सरकारले पप्पु कन्ट्रक्सनसहित २३ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ ।
तोकिएको समयमा काम नगरेको र पटकपटक आग्रह गर्दा पनि नमानेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले पप्पुसहित २३ कम्पनीलाई कालो सूचीमा राखेको हो ।
कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्ति कर्ताहरूले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।
विभिन्न सार्वजनिक निकायहरूबाट लेखी आए बमोजिम कार्यालयको जेठ १६ गतेको निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम उनीहरुलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।















