Logo
Logo

विष्णु रिमालकाे जन्मदिनमा हर्क साम्पाङको शुभकामना- लाइक र कमेन्टले मोबाइल ह्याङ होस्


3.2k
Shares

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेकपा एमालेका उपमहासचिव विष्णु रिमाललाई व्यंग्यात्मक रूपमा जन्मदिनको शुभकामना दिएका छन् ।

आफूलाई ‘बौलाहा’को संज्ञा दिएका रिमाललाई हर्कले सामाजिक सञ्जालमार्फत लाइक र कमेन्ट सोचेजति आओस् भनेर जन्मदिनको शुभकामना दिएका हुन् ।

उनले भनेका छन्– ‘जन्मदिनको शुभकामना विष्णु रिमालजी, लाइक र कमेन्टले मोबाइल ह्याङ होस्, सोचेजति मान्छेकोमा कन्टेन्टको इङ्गेज पुगोस् । फेरि पनि जन्मदिनको शुभकामना ।’

हालै सम्पन्न अखिल नेपाल महिला संघ (अनेमसंघ) को दोस्रो पूर्ण बैठकमा रिमालले हर्क साम्पाङको उदाहरण दिँदै आफ्ना अध्यक्ष केपी शर्मा ओलीको फेसबुक पेजमा दैनिक लाइकको संख्या ५० हजारभन्दा बढी पुर्‍याउन सकियो भने पार्टीले स्वतः बहुमत ल्याउने दाबी गर्दै नेता–कार्यकर्ताहरूलाई यसमा सक्रिय हुन आह्वान गरेका थिए ।

त्यस क्रममा रिमालले भनेका थिए– ‘धरानतिरचैँ एउटा बौलाहा टाइपको मेयर छ, है। काम त अब राम्रै गर्‍या होला । धरानबाहिर पपुलर छ, धरानभित्र कति छ, थाहा छैन । उसकोमा ४०-५० हजारले लाइक गर्‍या देख्छु एक घण्टामा मैले..।’

प्रतिक्रिया दिनुहोस्