Logo
Logo

रेशम चौधरीको आममाफीविरुद्ध मुद्दाकाे सुनुवाइ आज


2.1k
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले राष्ट्रपतिबाट पाएको आममाफीविरुद्ध परेको रिटमा आज सुनुवाई हुँदैछ । टिकापुर हत्याकाण्डमा दोषी ठहर भई सजाय काटारहेका रेशमलाई गणतन्त्र दिवसको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए ।

उक्त आममाफीविरुद्ध सर्वोच्चमा परेको रिट निवेदन न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा परेको छ । पेशी २५ औँ नम्बरमा रहेकाले आज सुनुवाइ हुने सम्भावना भने कम छ ।

घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा बोहरा कडायतले आइतबार दर्ता गराएको रिट निवेदन सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको हो ।

प्रतिक्रिया दिनुहोस्