
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् ।
उनले अघिल्लो राष्ट्रपति विद्यादेवी भण्डारीले दुईपटक फिर्ता पठाएको विवादास्पद नागरिकता विधेयक बुधबार बिहान प्रमाणीकरण गरेका हुन् । नागरिकता विधेयक प्रमाणीकरणका लागि जेठ १२ गते बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रतिसमक्ष आग्रह गर्ने निर्णय गरेको थियो ।
कुनै पनि विधेयक प्रमाणीकरणका लागि सरकारले नभई संसदले पठाउने हो । तर, संसद मृत भइसकेको अवस्थामा उक्त विधेयक प्रमाणीकरण गरेसँगै राष्ट्रपतिको आलोचना बढेको छ ।
राष्ट्रपति पौडेलले भने नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेको जनाएका छन् ।












