
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । आज सुनको मूल्य तोलामै १ हजार ५०० रुपैयाँले बढेको हो ।
योसँगै छापावाल सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँका कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ ।











