Logo
Logo

प्रधानमन्त्रीको अस्पतालमा आठौँ दिन : स्वाथ्यमा उल्लेखनीय सुधार


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली आठ दिनयता अस्पतालमा उपचाररत छन् । एपेन्डिसाइटिसको शल्यक्रियापछि उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अहिले उल्लेखनीय सुधार भएको जनाइएको छ । उनको उपचारमा संलग्न चिकित्सकले अहिले चिकित्सकीय अवलोकनमा राखिएको जनाएका छन् ।
महाराजगञ्जस्थित ‘मनमोहन ‘काडियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिबारे बुधबार आज बिहान सेन्टरका कार्यकारी निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठले जारी विज्ञप्तिमा जनाइएअनुसार स्वास्थ्यमा थप सुधार देखिएको हो ।
स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीको यही मंसिर १० गते सोही केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्