काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई दुर्व्यवहार गर्नेहरूलाई कारबाही गर्न नेकपा एकीकृत समाजवादीले माग गरेको छ ।

उपमहासचिव डा. गंगालाल तुलाधरले वक्तव्य जारी गर्दै पूर्वप्रधानमन्त्री खनाललाई दुर्व्यवहार गर्नेमाथि कठोर कारबाहीको माग गरेका छन् ।
वक्तव्यमा भनिएको छ– ‘पार्टीका सम्मानित नेता कमरेड झलनाथ खनालमाथि केही पुनरुत्थानवादीहरूसँग मतियार अराजक तत्वहरूले कार्यक्रमलाई बिथोल्ने नियतले हो हल्ला गर्ने, नाराबाजी गर्ने, तोडफोड गर्ने र अभद्र ढंगले दुर्व्यवहार र अपमानित गरेको घटनाप्रति पार्टी घोर भर्त्सना गर्दछ’,














