काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणमा जानुअघि चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) नेताहरलाई भेटका छन् । मंगलबार साँझ काठमाडौं आइपुगेका सीपीसीका सिचुआन प्रान्तका सचिव वाङ सियाओहुईसहितको टोली प्रधानममन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री प्रचण्ड भारत उड्नुअघि सीपीसीका १४ जनाको टोली बुधबार बिहानै बालुवाटार पुगेको थिए । उक्त टोली बुधबार बिहान नै नेकपा माओवादी पार्टी केन्द्रीय कार्यालय पुगेर माओवादी नेताहरूसँग पनि भेट गरेका छन् । भेटका क्रममा दुई पार्टीका बीचमा सम्बन्ध विस्तार, सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बताए ।
महराले सिचुवान प्रान्तको सेक्रेटरी आएको बताउँदै भने, ‘उहाँको नेतृत्वमा आएको टीमसँग हामीले छलफल ग¥यौं । दुई पार्टीका बीचमा सम्बन्ध विस्तार, सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भयो । दुई सरकार बीचमा समान सम्बन्ध विस्तार होस्, दुई देशका जनताको बीचमा पनि सम्पर्क सम्बन्ध होस्, भन्नेबारेमा केन्द्रित भएर कुरा ग¥यौं ।’
भेटमा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलगायतका पार्टीका नेताहरूको उपस्थिति रहेको थियो ।














