Logo
Logo

समाजवादी प्रेस संगठन पुर्वी रुकुमको प्रथम अधिवेशन सम्पन्न



बुटवल । समाजवादी प्रेस संगठन पुर्वी रुकुमको प्रथम अधिवेशन रुकुमको रुकुमकोटमा सम्पन्न भएको छ । अधिनेशनले हिरा बुढामगरको अध्यक्षतामा १५ सदस्य नयाँ कार्यसमिती चयन गरेको छ ।

अधिवेशनको उदघाट्न गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं समाजवादी प्रेस संगठनका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष हृदय भुसालले राजनीति परिवर्तनसँगै मुलुकका सबै प्रकारका सामाजिक तथा रुपान्तरणको अभियानमा मिडिया र पत्रकारको भूमिका महत्वपूर्ण भएको बताए ।

अध्यक्ष भुसालले संगठनले पत्रकारहरुको पेसागत सुरक्षाका साथै श्रमजिवि पत्रकारको सवालमा विभिन्न एजेन्डा अगाडि बढाएको भन्दै अबको पत्रकारिताको मिसन बिकास, समृद्धि र सुशासनका लागि खोजमुलक पत्रकारिता हुनुपर्ने बताए । पत्रकार भुसालले नयाँ योजना र दृष्टिकोणका साथ संगठनलाई अगाडि बढाएको बताए ।

अधिवेशनमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष भ्युमान घर्ती, पार्टी केन्द्रिय लेखा आयोग सदस्य तथा पुर्वी रुकुम जिल्ला समन्वय उपप्रमुख मोहन केसी, पार्टी जिल्ला कमिटी सचिव भुवनेश्वर उपाध्यय, लुम्बिनी प्रदेश उपाध्यक्ष प्रतीज्ञा मगर लगायत पार्टी तथा संगठनका नेताहरूले शुभकामना व्यक्त गरेका थिए ।

अधिवेशनमा हिमाल घर्ती रमित घर्ती लजिम ओली लगायतको आतिथ्यता रहेको कार्यक्रम प्रेमा घर्तीको अध्यक्षता र अमरराज पुनको सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्