Logo
Logo

शोभाकान्त पौडेल भन्सार विभागको महानिर्देशक नियुक्त



काठमाडौं । भन्सार विभागको महानिर्देशकमा शोभाकान्त पौडेल नियुक्त भएका छन् । अर्थ मन्त्रालयले उनलाई बुधबार भन्सार विभागको महानिर्देशक नियुक्त गरेको हो । यसअघि भन्सार महानिर्देशक चक्रबहादुर बुढा थिए । करिब दुई साता अघिमात्र बुढा भन्सारबाट सरुवा भएका थिए ।

यस्तै, बजेटअघि पौडेल खानेपानी मन्त्रालयबाट अर्थ मन्त्रालयमा सरुवा भएका थिए । पौडेलसँग यसअघि आन्तरिक राजस्व विभागको महानिर्देशकको कार्यभार सम्हालिसकेको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्