काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघले काठमाडौंको नयाँबानेश्वरमा राँकेजुलुस प्रदर्शन गरेको छ । राष्ट्रपतिले नागरिकता प्रमाणीकरण गरी राष्ट्रघात गरिएको, भारतको संसदमा राखिएको नयाँ नक्सामा लुम्बिनी कपिलवस्तुलाई समेत राखिएको भन्दै त्यसको विरोधमा युवा संघले बुधबार साँझ राँके जुलुस प्रदर्शन गरेको हो ।

संघका कार्यकर्ताले हातमा राँको लिएर प्रदर्शन गरेपछि केहीबेर नयाँबानेश्वर क्षेत्रको यातायात प्रभावित भएको थियो । प्रहरीले प्रदर्शनकारीबाट खोसेर राँको निभाएको थियो ।











