Logo
Logo

विदेशमा रहेका नेपालीकाे मताधिकार सुनिश्चित गरिन्छ : प्रधानमन्त्री



नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा बसोबास गर्ने नेपालीलाई मतदान गर्ने अधिकार सुनिश्चित गर्नसरकार प्रतिवद्ध रहेको बताएका छन् । बुधबार चार दिने भारत भ्रमणका नयाँदिल्ली आएका प्रधानमन्त्रीले नेपाली दूताबासमा नेपाली समुदायसँगको छलफलका क्रममा यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भारतमा रहेका नेपाली समुदायलाई स्वदेश फर्केर नेपालको विकासका लागि योगदान दिन आग्रह गरे । उनले आफूहरु देशको अर्थतन्त्र पुनरुत्थान गर्न काम गरिरहेको बताउँदै मुलुकको आर्थिक सामाजिक रुपान्तरण, भ्रष्टाचार नियन्त्रण गर्ने र सुशासन कायम गर्न लागिपरेको बताए ।

प्रतिक्रिया दिनुहोस्