
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।
चार दिने औपचारिक भ्रमणका लागि बुधबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डले आज समकक्षी मोदीसँग हैदरावाद हाउसमा भेटवार्ता गरेका हुन् ।
भेटमा दुई देशबीचको आपसी समझदारी र सहकार्यका बारेमा छलफल र सम्झौता हुने बताइएको छ । यसपछि दुई देशबीचको संयुक्त बैठक बस्ने कार्यक्रम रहेको छ ।
त्यसअघि प्रधानमन्त्री प्रचण्डले आज राजघाटस्थिल महात्मा गान्धीको समाधिस्थल पुगेर पुष्पहार अर्पण गरेका थिए ।











