Logo
Logo

ग्लोबल र जनता बैंक एक हुँदै, बिहीबार बैंक बन्द हुने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १८ मंसिर ।
जनता र ग्लोबल आइएमई बैंक गाभिएर मंसिर २० गतेबाट संयुक्त कारोबार गर्ने भएपछि ती दुई बैंकको प्रणाली र डाटा मर्जरका लागि बिहीबार बैंकिङ कारोबार बन्द गर्न हुने भएको छ ।


बुधबार बेलुकादेखि जनता र ग्लोबल आइएमई बैंकको सम्पूर्ण कारोबार बन्द हुने हुने भएको छ।

बुधबार दुवै बैंकका अतिरिक्त र संध्याकालिन काउन्टर र १९ गते सम्पूर्ण बैंकिङ कारोबार बन्द हुनेछ। त्यस्तै बुधबार साँझ ६ बजेदेखि बिहीबार राती १२ बजेसम्म दुवैं बैंकको एटिएम सेवा, मोबाइल बैंकिङ सेवा तथा इन्टरनेट बैंकिङ सेवा बन्द रहने जनाइएको छ।
दुई संस्था गाभिएपछि ग्लोबल आइएमई लिमिटेडको नामबाट कारोबार गर्ने छन्। जसअनुसार ग्लोबल सबैभन्दा ठूलो वाणिज्य बैंक बन्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्