Logo
Logo

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार गरेको नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति पौडेलको निर्णय कानुन विपरित भएको भन्दै आज (बिहीबार) रिट पेस गरेका हुन् ।

रिट निवेदन दर्ताको प्रक्रियामा रहेको जनाइएको छ । रिटमा राष्ट्रपतिको कदम खारेज गरी नागरिकतासम्बन्धी कानुन संसदीय प्रक्रियाअनुसार बनाउन माग गरिएको छ ।

वरिष्ठ अधिवक्ता भण्डारीका अनुसार राष्ट्रपतिबाट प्रमाणीकरण भएको विधेयकलाई तत्काल ऐनको अंग नबनाउन माग भएको हो । उनले भने‚ ‘राष्ट्रपतिबाट हिजो प्रमाणीकरण भएको विधेयकलाई ऐनको अंग नबनाइपाऊँ भनेर माग गरेका छौं । कार्यान्वयन नगर्न अन्तरिम आदेशसमेत मागेका छौं ।’

नागरिकता विधेयकसम्बन्धी समस्यालाई अध्ययन गरी दीर्घकालीन समाधान गर्नू भन्ने आदेश माग गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्