Logo
Logo

सर्वाेच्च अदालतभित्रै घुस लेनदेन, नासु अख्तियारको फन्दामा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १८ मंसिर ।
सर्वोच्च अदालत काठमाडौंका नायव सुव्बा सुधिरकुमार खड्काविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । उनले पटक पटक घुस लिएको पुष्टि भएको र थप घुस मागेको खुलेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेो हो ।


भ्रष्टाचार मुद्दाको बकपत्र हुँदाको विषयलाई लिएर विशेष अदालत काठमाडौको कैफियत प्रतिवेदनको आधारमा देबजंग शाहीलाई पुर्पक्षको लागि डिल्लीबजार कारागार चलान गरेकोमा विशेष अदालत काठमाडौंको आदेश बिरुद्ध उनी सर्वोच्च अदालतमा गएका थिए । शाहीलाई धरौटीमा छुटाइदिने भनी घुसररिसवत माग गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा सर्वोच्च अदालत काठमाडौंमा कार्यरत तत्कालीन नायव सुव्बा सुधिरकुमार खड्काले आफ्नो पदीय आचरण विपरितको कार्य गरी सर्वोच्च अदालत काठमाडौंमा दर्ता भएको मुद्दा विचारधीन रहेको अवस्थामा बरबहाना बनाई सेवाग्राहीलाई अप्ठेरोमा पारी आफ्नो अधिकार र ओहोदाले गर्नुपर्ने कार्य नगरी सेवाग्राहीको काम कार्यलाई सहज तरिकाबाट सेवा प्रदान गर्नुपर्नेमा उल्टै कार्यालयमा सरकारी कामको सिलसिलामा आउने सेवाग्राहीलाई परिवन्धमा पारी नियमानुसार हुने मुद्दालाई सहज बनाउने, पेशी छिटो राखिदिने र धरौटीमा छुटाइदिने भनी दुई लाख ५० हजार माग गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गर्न उद्योग गरेको हुँदा सोही ऐनको दफा २१ बमोजिम कसुर गरेको पुष्टि हुन आएकोले निज आरोपी सुधिरकुमार खड्कालाई मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
त्यस्तै शाहीको दाईको मुद्दासँग सम्बन्धित मिसिल कागजातको प्रतिलिपि उपलब्ध गराई दिने बहाना बनाई एकपटक मिति २०७६ साल असोज महिनाको अन्तिम चार हजार अर्को पटक मिति २०७६ साल कार्तिक महिनाको तिहार पर्व अगाडी पाँच हजार गरी नौ हजार घुस लिएको समेत पुष्टि भएको आयोगले जनाएको छ । त्यसको छुट्टै मुद्दा आयोगले दर्ता गरेको छ ।
नासु खड्का मदिराका दुव्र्यसनी भएको र त्यसै कारण उनले खुलेआम घुस माग्ने गरेको अनुसन्धानमा आबद्ध अख्तियारका एक अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्