Logo
Logo

१३औँ साग : कुस्तीका लागि तयारी पूरा


- दृष्टि न्युज/संवाददाता


 

जनकपुरधाम, १८ मंसिर । १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत यही मंसिर २० गतेदेखि २३ गतेसम्म जनकपुरधामको जिल्ला खेलकूद विकास समितिको कभर्डहलमा हुने कुस्ती खेलका लागि सम्पूर्ण तयारी सम्पन्न भएको छ ।
सोका लागि कभर्ड हलमा खेल मैदान र होटलमा खेलाडीको आवासको व्यवस्थापनकार्य सम्पन्न भइसकेको जनाइएको छ । कुस्तीमा सहभागी हुनेमध्ये नेपाल र बंगलादेशका खेलाडि जनकपुरधाम आइपुगेका खेलकुद विकास समितिका प्रशासकीय प्रमुख विनोदकुमार सिंहले बताए । उनका अनुसार सो खेलमा माल्दिभ्स र भुटान बाहेक नेपाल, भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाका खेलाडी सहभागी हुने छन् ।
खेलमा नेपाल, भारत, बंगलादेश र श्रीलंकाको महिला र पुरूष टिमको सहभगिता रहने छ भने पाकिस्तानबाट पुरूष टिमको मात्र सहभागिता रहने जनाइएको छ । नेपालका खेलाडीका लागि जनकपुरधामको सिटी स्टार होटल, बंगलादेशका लागि बेलकम, भारत र श्रीलंकाका लागि राजदरबार होटल र पाकिस्तानका लागि बर्दिवासको पावन मिथिला होटलमा व्यवस्थापन गरिएको प्रमुख सिंहले जानकारी दिए । (रासस)

प्रतिक्रिया दिनुहोस्