Logo
Logo

नेपालसँगको सीमा विवाद समाधान गर्छौं : मोदी



काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग सबै सीमा विवादमा मुद्दा समाधान गर्ने बताएका छन् । दुई मुलुक मिलेर सीमासहित सबै मुद्दाको समाधान गर्ने मोदीले बताएका हुन् ।

चारदिने औपचारिक भारत भ्रमणका रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्’सँग बिहीबार द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै भारतीय प्रधानमन्त्री मोदीले भने, ‘हामी आफ्नो सम्बन्धको हिमालय जतिकै उचाइ दिनका लागि काम गरिरहन्छौं । यही भावनाबाट हामी सबै मुद्दाको चाहे सीमाको होस् या अरु कुनै विषय होस् सबैको समाधान गर्छौं ।’

उनले भारत र नेपालको धार्मिक र सांस्कृतिक सम्बन्ध धेरै पुरानो रहेको बताउँदै अझ धेरै बलियो बनाउने बताए । मोलीले भने, ‘यो सुन्दर क्षणको अझ बढी महत्त्व दिनको लागि प्रधानमन्त्री प्रचण्डजी र मैले निश्चित गरेका छौं कि रामायण सर्किससँग सम्बन्धित परियोजनामा तीब्रता ल्याउनुपर्छ ।’

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेपालका प्रधानमन्त्री प्रचण्डले पनि सीमा समस्या समाधानबारे बोल्दै भने, ‘प्रधानमन्त्री मोदीजी र मैले सीमा मामिलाको बारेमा पनि छलफल गर्यौं । मैले मोदीजीलाई सीमा समस्या स्थापित द्विपक्षीय कूटनीतिक संयन्त्रमार्फत समाधान गर्नको लागि अनुरोध गरेँ ।’

प्रतिक्रिया दिनुहोस्