Logo
Logo

नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता



काठमाडौं । नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले
सम्झौता अन्तरगत भारतले नेपालबाट आउँदो १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने लक्ष्य राखिएको बताए ।

नेपालका प्रधानमन्त्री पुष्पकमल प्रचण्डसँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले दुई देशबीच थुप्रै महत्त्वपूर्ण सम्झौता भएको बताएका हुन ।

‘आगामी १० वर्षमा नेपालबाट १० हजार बिजुली आयात गर्ने लक्ष्य लिएका छौँ । खुर्कोट–कणाली र तल्लो अरुण जलविद्युत परियोजनामा भएको सम्झौताले हाम्रो ऊर्जा सम्बन्धलाई थप मजबुत बनाउने छन्’, उनले भने । नेपाल र भारतबीचको सम्बन्ध आफ्नो कार्यकालमा सुदृढ हुँदै गएको मोदीको भनाई छ ।

भारतीय प्रधानमन्त्री मोदीले नेपाल–भारत पेट्रोलियम पाइपलाइनलाई चितवनसम्म बिस्तार गरिने घोषणा गरे । यस्तै सिलगुढीदेखि झापासम्म अर्को पाइपलाइन बनाइने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्