Logo
Logo

अग्निपथमा गोर्खा भर्तीबारे छलफल भएन : भारतीय विदेश सचिव


630
Shares

नयाँदिल्ली । भारतीय विदेश सचिव विनयमोहन क्वात्राले नेपाल र भारतका प्रधानमन्त्रीबीच नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी)को प्रतिवेदनलगायतका विषयमा चर्चा नभएको बताएका छन् ।

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा विदेश सचिव क्वात्राले द्विपक्षीय प्रतिनिधिमण्डलबीच भएको बैठकमा ती विषयहरू नउठेको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड र मोदीको संयुक्त पत्रकार सम्मेलनपछि विदेश सचिव क्वात्राले पत्रकार सम्मेलन गरेका थिए । सोक्रममा पत्रकारहरूले सोधेको प्रश्नमा उनले भने, ‘मेरो जानकारीमा भएअनुसार अग्निपथमा गोर्खा भर्ती, ईपीजी र शान्ति तथा मैत्री सन्धिको विषयमा दुई प्रधानमन्त्रीबीच द्विपक्षीय र प्रतिनिधिमण्डलस्तरीय बैठकमा कुरा भएन ।’ भारतको संसदमा भर्खरै राखिएको ‘अखण्ड भारत’को मुरालको बारेमा पनि दुई प्रधानमन्त्रीबीच छलफल नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्