Logo
Logo

भारतसँग दीर्घकालीन ऊर्जा व्यापारको बाटो खुला भएको छ : कुलमान घिसिङ


819
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतसँगको दीर्घकालीन ऊर्जा व्यापारको बाटो खुला भएको बताएका छन् । उनले यस सम्झौताबाट नेपालले लाभ लिन सक्ने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने बताएका थिए । कार्यकारी निर्देशक घिसिङले प्रारम्भिक ऊर्जा सम्झौताले नेपाललाई फाइदा पुग्ने बताए । ‘प्रारम्भिक समझदारी भएको छ । यो नेपालको हितमा छ । यसलाई हामीले कार्यान्वयनको स्तरमा लैजान सक्नुपर्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्