Logo
Logo

एकीकृत समाजवादीको गत आर्थिक वर्षको आम्दानी ७ करोड १५ लाख


2k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले गत आ.व.०७८/०७९ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । एकीकृत समाजवादीले गठनपछिको पहिलो आर्थिक वर्ष ०७८/०७९ को आम्दानी र खर्च विवरण सार्वजनिक गरेको हो ।

एकीकृत समाजवादीले गत असार मसान्तसम्मको आम्दानी र खर्चको विवरण लेखापरीक्षण गरी सार्वजनिक गरेको छ । उक्त आर्थिक वर्ष ०७८/०७९ मा पार्टीको कुल आम्दानी ७ करोड १५ लाख ९० हजार ३ सय ७७ र कुल खर्च ६ करोड ५ लाख २९ हजार ५ सय २९ रहेको छ ।

यस्तै एक करोड १० लाख ६० हजार ८ सय ४८ बचत रहेको पार्टीका पोलिटब्युरो सदस्य तथा आर्थिक विभागका प्रमुख सोमप्रसाद पाण्डेले जानकारी दिए । राजनैतिक दल सम्बन्धि ऐन २०७३ को व्यवस्था बमोजिम एकीकृत समाजवादीले डी.डी. अधिकारी एण्ड एसोसिएटमार्फत लेखापरीक्षण गरी निर्वाचन आयोगमा बुझाएको हो ।

प्रतिक्रिया दिनुहोस्