Logo
Logo

बालेन पनि हिँडे भारत 



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) भारत गएका छन् । उपप्रमुख सुनिता डङ्गोललाई कार्यवाहकको जिम्मेवारी दिएर बालेन बिहीबार भारत गएका हुन् । 

कामको सिलसिलामा काठमाडौं बाहिर जानुपरेकोले १८ जेठदेखि फर्केर नआउन्जेलसम्मका लागि कार्यवाहकको जिम्मेवारीमा रहेर कार्य गर्न मेयर शाहले डङ्गोललाई अख्तियारी दिएका छन् ।

यद्यपि भारत जानुको ठोस कारणबारे भने उनले खुलाएका छैनन् ।  पत्नी सविना काफ्लेको उपचारका लागि मेयर शाह बैंगलोर गएको बताइएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला भारत भ्रमणमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने पनि पत्नी निकिता पौडेलकासाथ भारतमा छन् । उनी, निजी काम भारत गएको बताइएको छ । तर, उनको भारत भ्रमणलाई लिएर यतिबेला अनेकौं अड्कलबाजी भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्