Logo
Logo

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर


1.1k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ ५६ पैसा र बिक्री दर १३२ रूपैयाँ १६ पैसा रहेको छ । युरो एकको खरिद दर १४० रूपैयाँ ८० पैसा र बिक्री दर १४१ रूपैयाँ ४४ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ ८१ पैसा र बिक्री दर १६४ रूपैयाँ ५५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ११ पैसा र बिक्री दर ३६ रूपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्