Logo
Logo

टोपबहादुरको तर्फबाट ५ वरिष्ठ अधिवक्ताले बहस गर्ने


10.8k
Shares

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका आरोपीहरुलाई छाड्ने वा थुनामा पठाउने भन्नेबारे आइतबारदेखि थुनछेक बहस शुरु हुने छ ।

जसमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको तर्फबाट वरिष्ठ अधिवक्ता सुशिल पन्त र रमेश बडालसहितका कानून व्यवसायीले बहस गर्ने भएका छन् ।

पन्त र बडाल पूर्व महान्यायाधीवक्ता पनि हुन् । रायमाझीको तर्फबाट बहस गर्नेगरी वकालतनामा बुझाएको वरिष्ठ अधिवक्ता रमेश बडालले बताए ।

रायमाझीको तर्फबाट वरिष्ठ अधिवक्ताहरु रामचन्द्र सुवेदी, परशुराम कोइराला र ज्ञानेश्वर पराजुलीले बहस गर्ने भएका छन् । अधिवक्ता धर्मराज रेग्मी, करुणाकर मल्लीक र आकृति रायमाझीले पनि टोपबहादुरको तर्फबाट बहस गर्दैछन् ।

अदालतमा बयान दिनुअघि रायमाझीले आकृति र करुणाकर मल्लीकसँग परामर्श गरेका थिए । बिहीबार रायमाझीको बयान पूरा भएको छ ।

नेपालीलाई अनागरिक बनाई अमेरिका पठाउने गिरोहसँग संलग्न रहेको खुलेपछि रायमाझी बैशाख ३१ गते काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्