
काठमाडौं । नेकपा एकीकृत समाजवादीले इटहरीमा सुरु गरेको भ्रष्टाचारविरुद्धको रिले अनसन स्थगित गरेको छ ।
महासचिव बेदुराम भुसालले आन्दोलनको कार्यक्रम परिवर्तन गर्न आग्रह गरेसँगै १० दिनदेखि जारी रिले अनसन स्थगित गरिएको प्रदेश मोर्चा संगठनका इन्चार्ज केशव विष्टले बताए । नेकपा एसले अब भ्रष्टाचारविरुद्ध जनजागरण अभियान सुरू गरेको छ ।











