Logo
Logo

सागमा खेलाडीसँगै पाकिस्तानी मन्त्री


- दृष्टि न्युज/संवाददाता

0
Shares

रमेश घिमिरे

काठमाडौं, १८ मंसिर । जारी १३ औँ दक्षिण एसियाली खेलकुल (साग)मा पाकिस्तानी खेलाडी टोलीसँगै त्यहाँका अन्तर प्रदेश समन्वय मन्त्री डा. फेहमिदा मिर्जा पनि आएकी छन् । तर, उनको कतै मिडियामा चर्चा भएको छैन । उनी आफ्नो खेलाडी दलसँगै नेपाल आएकी हुन् ।


मन्त्री मिर्जाले मंगलबार नेपालका खेलकूद तथा युवा मन्त्री जगतबहादुर सुनारसँग भेट गरेका छन् । उक्त भेटमा उनले मन्त्री सुनारलाई साग जस्तो खेलकूल आयोजना गरेकोमा बधाइ दिएकी थिइन् । मन्त्री मिर्जाले यस्ता किसिमका आयोजनाहरुले सार्क क्षेत्रका युवामा प्रजातन्त्रिक मूल्यमान्यतालाई बलियो पार्ने र आपसी समझदारी बढाउने विश्वास व्यक्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्