
काठमाडौं । चारदिने भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतको इन्दौरमा भव्य स्वागत गरिएको छ ।
विशेष विमानमार्फत इन्दौर पुगेका उनलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिङ चौहान लगायतका उच्च अधिकारीहरुले स्वागत गरेका छन् ।
इन्दौरमा प्रधानमन्त्री प्रचण्डको स्वागतका लागि रेड कार्पेट बिछ्याइनुका साथै सास्कृतिक प्रस्तुतिसहित स्वागत गरिएको थियो ।प्रधानमन्त्री प्रचण्डले इन्दौर पुगेर महाकालेश्वर मन्दिरमा रहेको वास्तुकलाको अवलोकन गरेका छन् ।











