Logo
Logo

सिटिइभिटीको गाडी सुनकोशीमा खस्यो, तीन कर्मचारी बेपत्ता


6.7k
Shares

काठमाडौं । मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ स्थित लौकुनमा जीप दुर्घटना भएको छ । काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का कर्मचारी सवार बा१झ ७४६७ नम्बरको जीप सुनकोशी नदीमा खसेको हो ।

आज जीप नदीमा खस्दा जीपमा सवार तीन जना बेपत्ता भएको सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए । जीपमा चार जना सवार रहेको र एक जना जीवितै सुनकोशी नदीबाट निस्कन सफल भए पनि बाँकी तीन जनाको अवस्था अज्ञात रहेको उनले बताए ।

गाडीमा सवार रहेकाहरुको पहिचान हुन सकेको छैन । बेपत्ताहरुको खोजीका लागि जिल्लाबाट प्रहरी टोली पठाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्